आइसिसी विश्वकप लिग-२ : नेपाललाई १६९ रनको मध्यम लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आयोजक युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रन बनायो । 

युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए । 

पाँचौ विकेटका लागि रोहन र चन्दनग्पोयलले ७७ रनको साझेदारी गर्दै युएईको पारी उकासेका थिए । 

नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे।
 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १४:३९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया