राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना किन जाँदै छन् इन्डोनेसिया ?

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यस सम्बन्धमा अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा गम्भीरतापूर्वक कुरा राख्ने बताएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रबार बेलुका इन्डोनेसिया प्रस्थान गर्न गर्दै छन् ।

त्यहाँ उनले  ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ । अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको अत्यन्तै ठूलो जोखिममा परेकाले आफूले त्यहाँ यस विषयमा गम्भीरतापूर्वक प्रस्तुत गर्ने बताए ।

नेपाल जलवायु परिवर्तनको अत्यन्तै ठुलो एउटा संक्रमण, जोखिममा परिरहेको छ । हाम्रा हिमालहरु पनि पग्लिएर काला भइराखेका छन् । तापक्रम बढेको छ । अनि मौसममा पनि यस्तो परिवर्तन आइराखेको छ । अतिवृष्टि, अनावृष्टि धेरै खालका यसका प्रकोपहरु छन् । त्यसकारण यो विषयलाई नेपालले गम्भिरतापूर्वक लिएको छ र यिनै विषयमा केन्द्रीत भएर मैले त्यहाँको सभामा सम्बोधन गर्ने कार्यक्रम छ’ उनले भने ।





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १५:५७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया