‘हेल्लो जिन्दगी’ को प्रमोशन गर्न विक्रम काठमाडौंमा

बेलायत निवासी अभिनेता तथा निर्माता विक्रम डि जोशी आफ्नो फिल्म ‘हेल्लो जिन्दगी’ को प्रमोशनका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् । 

उनलाई ‘रिसिभ’ गर्न निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सह-निर्माता तथा अभिनेत्री सविता गुरुङलगायतका कलाकर्मी त्रिभुवन अन्तरराष्ट्रिय बिमल स्थल पुगेका थिए । स–परिवार स्वदेश आएका उनलाई विमान स्थलमा पञ्चकन्याले स्वागत गरेका थिए ।

चैत्र १८ मा प्रदर्शन हुने ‘हेल्लो जिन्दगी’ मा विक्रम प्रमुख भूमिकामा छन् । उनले करिब चार वर्षपछि यही फिल्मको प्रमोशन तथा रिलिजका लागि आफू मातृभूमि फर्किएको बताए । 

हरेक कोणबाट फिल्म गुणस्तरीय बनेकाले आफू निकै आशावादी रहेको उनले सुनाए । विक्रम पत्नी तथा ‘हेल्लो जिन्दगी’ की निर्मात्री हिराल जोशीले कन्टेन दह्रो रहेकाले दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरिन् । 

पछिल्लो समय प्रचारप्रसारमा खरो रुपमा उत्रिएको ‘हेल्लो जिन्दगी’ मा विक्रमका साथमा प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयं, सविता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त (जुन),ध्रुव दत्त,कुमुद पन्तलगायतको अभिनय छ । 

सत्य घटनाबाट प्रभावित फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन अनि सह-निर्मातामा सविता गुरुङ छिन् । 
 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १९:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया