डेटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी
फाइल तस्वीर

नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन् । 

ब्याण्डवीथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उनले स्पष्ट पारिन् । तर, त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । 

नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन् । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेसवाला डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गरिन् । 

‘यसको मूल्य चाहिँ घट्दैछ । यो महँगो छ भन्न त नमिल्ला । प्याकेजमा नलिएको हुनाले महँगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ–यो वायरलेस डेटाको कष्ट चाहिँ १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ,’ उनले भनिन् ।

नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घटनेबित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ । 





  • प्रकाशित मिति : चैत ४, २०७८ शुक्रबार १९:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया