काभ्रेकाे मण्डन देउपुरमा प्रहरीचौकी स्थापना

काभ्रेपलाञ्चोक– मण्डन देउपुर नगरपालिका–२ अट्टेडाँडामा नगरको व्यवस्थापनमा प्रहरीचौकी स्थापना गरिएको छ ।पर्यटकीयस्थल नगरकोट, नाल्दुम तथा बालुवापाटी देउपुरको समग्र सुरक्षालाई मध्यनजर गर्दै प्रहरीचौकी स्थापना गरिएको नगर प्रमुख टोकबहादुर वाइबाले बताए । 

उनले भने, ‘जनताको सुरक्षा र समस्यामा प्रहरीको आवश्यकता महसुस भएकाले प्रहरीचौकी स्थापना गरेका हौँ ।’ उनका अनुसार नगरका अन्य केही संवेदनशील स्थानमा समेत प्रहरीचौकी स्थापना गर्ने योजना बनाइएको छ । 

नेपाल प्रहरी चौकीका लागि भवन, आवश्यक पर्ने फर्निचर, एक थान मोटरसाइकल तथा खाना पकाउन आवश्यकीय भाँडाकुँडासमेत व्यवस्थापन गरेको हो । यसअघि यस भेगका स्थानीयवासीलाई सुरक्षासम्बन्धी काम गर्नुपर्दा करिब १० किलोमिटरको दूरीमा रहेका नाला वा हिगुवापाटी प्रहरीचौकी जानुपर्ने बाध्यता रहँदै आएको थियो । 

बुधबार आयोजित चौकी हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भौगोलिक समस्या एवं आपराधिक क्रियाकलाप रोक्न प्रहरीचौकी स्थानीयवासीको सहयोगी बन्ने बताए । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले चीनसँग सीधै नाका पर्ने र विभिन्न देशबाट आउने पर्यटकको सुरक्षाको लागि तथा चोरी निकासी नहोस् भन्ने उद्देश्यले प्रहरीचौकी स्थापना गरिएको बताए । 





  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १६:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया