अमेरिकी विज्ञ समितिको सुझाब : स्कुलमा हतियार राख्न दिऊँ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गठन गरेको विद्यालयको सुरक्षासम्बन्धी विज्ञहरुको अध्ययन टोलीले विद्यालयका कर्मचारीलाई हातहतियार राख्न दिन सिफारिस गरेको छ । 

गत फेब्रुअरीमा पार्कल्यान्ड, फ्लोरिडामा पूर्वविद्यार्थीले गोली प्रहार गरेर १७ जनाको हत्या गरेपछि गठित टोलीले मंगलबार यस्तो सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्वसैनिकहरुलाई गार्डका रुपमा राख्ने तथा ओबामा प्रशासनले ल्याएको हतियार राख्नेसम्बन्धी निर्देशिका खारेज गर्ने सुझाब छ । 

शिक्षा सचिव बेट्सी डिभोसको नेतृत्वमा गठन भएको समितिले बन्दुक राख्न पाउने उमेर हद बढाउनुपर्ने मागलाई अस्वीकार गरेको छ । १ सय ८० पृष्ठ लामो उक्त प्रतिवेदनले शिक्षकहरुलाई हिंसा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने र प्रभावकारी कामबारे सिकाउन पनि सिफारिस गरेको छ । 

विद्यालय क्षेत्रमा प्रहरीलाई तत्काल पुग्न सक्ने बनाउने व्यवस्था ग्रामीण क्षेत्रका लागि उपयोगी हुन सक्ने समितिको सिफारिस छ । 

समितिको सिफारिसमा वरिष्ठ सुरक्षा अधिकारी र पूर्वप्रहरी उच्च अधिकारीको पनि समर्थन रहेको बताइएको छ । उनीहरुले पनि यही सिफारिस नै प्रभावकारी र उपयुक्त हुने बताएको समितिका सदस्यले जनाएका छन् । 





  • प्रकाशित मिति : पुस ४, २०७५ बुधबार १७:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया