एक हप्तामै करोड क्लबमा पुग्याे प्रकाश सपुतको ‘पिर’

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ युट्युबमा सार्वजनिक भएकाे २४ घन्टा पनि नबित्दै विवादमा मुछिएकाे थियाे । उनीमाथि सत्तारूढ माओवादी केन्द्रका नेताहरू खनिए ।

१६ मिनेट २५ सेकेन्ड लामाे भिडियाेमा दशवर्षे जनयुद्ध लडेका लडाकुहरूकाे सपना पूरा नभएकाे र जीवन अस्तव्यस्त भएकाे देखाइएकाे छ । 

आखिर युद्धले हामीलाई के दियाे भन्ने विषयवस्तुमा भिडियाे केन्द्रित छ।

भिडियाेमा पूर्वलडाकु याैन व्यवसायमा लागेकाे देखाइएकाे छ । यसैलाई लिएर माओवादी केन्द्रका नेताहरूमा असन्तुष्टि बढेकाे हाे । 

यस विषयमा माओवादीका नेतामा मात्र नभई अन्य सर्वसाधारणमा पनि आपत्ति रहेकाे देख्न सकिन्छ ।

विवादमा परे पनि गीतले भने नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे छ। एक सातामै पीरकाे म्युजिक भिडियाे एक कराेडले हेरिसकेका छन् ।



गीत फागुन २७ गते सार्वजनिक गरिएकाे थियाे । 

एक सातामै १ कराेड पटक हेरिएकाे याे नेपालकाे पहिलाे म्युजिक भिडियाे हाे।



  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार ८:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया