पल शाह प्रकरणमा मनगढन्ते अन्तर्वार्ता दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युराे टोलीले चितवनबाट पक्राउ गरेकाे हाे ।
नायिका रेखा थापाले वाइवाविरुद्ध दिएकाे उजुरीकाे आधारमा उनी पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार पल प्रकरणमा नायिका थापाविरुद्ध आफूलाई सामाजिक अभियन्ता बताउने वाइवाले मनगढन्ते अन्तर्वार्ता दिएकी थिइन् ।
यसभन्दा अगाडि पल प्रकरणमा नायिका थापाविरुद्ध बाेल्ने दुई जना पक्राउ परिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।