भेडासँग हिँड्दाहिँड्दै हामी माओवादीहरू पनि भ्या-भ्या गर्न थाल्यौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीहरू शान्ति प्रक्रियामा आएपछि ‘सिंह र भेडा’ को कथामा जस्तै हुन थालेको बताएका छन् । 

उनले आफूहरु जनयुद्धमा हुँदा मरिन्छ भनेर खाल्डो खनेर पुर्नका लागि कोदालो साबेल बोकेर हिँड्ने गरेको सुनाए । 

सिन्धुलीको जिल्ला पार्टी कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने,‘तर, यता (शान्ति प्रक्रिया) आइसकेपछि हामी कता-कता थाहै नपाइकन, त्यही सिंह र भेडाको कथाजस्तो । भेडासँग हिँड्दाहिँड्दा हामी पनि भ्या-भ्या गर्नेजस्तो भा'छौँ ।’

उनले माओवादीहरू सिंहजस्तो गर्जन पर्ने बताए । ‘हुन त हामी सिंह गर्जन पर्ने हो माओवादी त । तर १०/१५ भेडाहरूसँग हिँड्दा हिँड्दा भ्या-भ्या गर्न थालियो’ प्रचण्डले अघि भने, ‘यसकारण हामी फेरि एकचोटि सिंहजस्तो गर्जिन जरुरी छ । हामी आफ्नै खुट्टामा उभिएर शान्तिपूर्ण रुपले घर घर जाने टिम बनाउँछौं । युवाहरू आएर बेइमानी गर्न खोज्छन् भने त्यसलाई इँटको जवाफ पत्थरले दिनेगरी तयार होऔं । हामीले अहिले गोलि चलाउनु छैन ।’





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १६:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया