रिजाल र शेरचनलाई ‘वानिरा पुरस्कार’

प्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई ‘वानिरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । साहित्यकार डा.वानीरा गिरीको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि एक लाख छ । 

यसैगरी, नेपाली भाषा र साहित्यमा समर्पित कवयत्री श्रीमती उषा शेरचनलाई पचास हजारसहितको ‘वानिरा पुरस्कार’ प्रदान गरिने भएको छ ।

डा.वानीरा गिरीको ७९औँ जन्मजयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानिरा फाउन्डेसन भवनको उद्घाटनका क्रममा ती पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । 

फाउन्डेसनका संस्थापक तथा संरक्षक शंकर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार १८:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया