भूपेन्द्र थापा बने चौथो नेपाल आइडल

नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । ​एपि वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका उनी सबैभन्दा बढी भोट पाएर विजेता बनेका हुन । 

भूपेन्द्रसँगै ५ प्रतिस्पर्धी थिए । उपाधिसँगै उनले ३० लाख रुपैयाँ नगद र ट्रफी पाएका छन् । त्यस्तै, फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेण्ड रनरअप रामेछापका रञ्जित नेपाल भएका छन् ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ६:४०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया