भारतमा कोरोना संक्रमण दर निरन्तर ओरालो, मृतकको संख्या भने बढ्यो
फरकधार / ६ चैत, २०७८

भारतमा गत २४ घण्टामा १ हजार ४८४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार त्यहाँ २ हजार ७५ जनामा कोरोना पुष्टि भएको थियो । 



संक्रमण दर घटे पनि भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छ । शुक्रबार ६९ संक्रमितको मृत्यु हुँदा पछिल्लो २४ घण्टामा त्यहाँ १२९ जनाले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ । भारतमा हाल २९ हजार सक्रिय संक्रमित छन् ।  





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ७:१७:५९,   अन्तिम अपडेट : चैत ६, २०७८ आइतबार ७:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया