ला लिगा : कठिन जित हात पार्दै एट्लेटिकाे मड्रिड तेस्रो स्थानमा

स्पेनिस ला लिगाअन्तर्गत आज बिहान सम्पन्न खेलमा एट्लेटिकाे मड्रिडले जित हात पारेकाे छ ।

एट्लेटिकाेले घरेलु टाेली रायाे भ्यालेकानाेलाई १-० ले हराएकाे हाे ।

स्टेडियाे डि भ्यालेकसमा खेलकाे ४९ औं मिनेटमा काेकेले गरेकाे एक मात्र गाेल एट्लेटिकाेलाई जित दिलाउन पर्याप्त बन्याे ।

काेकेले जाओ फेलिक्सकाे पासलाई  पाेस्टकाे दिशा दिएका थिए । 

८५ औं मिनेटमा एन्जल कोरेयाले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि एट्लेटिकाे १० खेलाडीमा सीमित बनेकाे थियाे ।

याे जितसँगै एट्लेटिकाे २९ खेलमा ५४ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा पराजित भ्यालेकानाे २८ खेलबाट ३२ अंक जाेडेर १३ औं स्थानमा छ ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ८:४३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया