माओवादी पहिलो पार्टी बन्ने सम्भावना छ, सबै दलहरू हामीकहाँ तालमेल गर्न आउनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एक्लै पनि निर्वाचनमा   प्रतिस्पर्धा गर्नसक्ने बताएका छन् । उनले अरूको भर नपरेर आफ्नै खुट्टामा उभिएर चुनावमा जित्ने बताएका हुन् । 

‘गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो’, प्रचण्डले भने । बरु अन्य पार्टीहरू पनि माओवादीकहाँ आउनुपर्ने उनले उल्लेख गरे ।   

‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरू माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको वाहक हामी हौं,’ आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने ।  

उनले अहिलेको स्थिति हेर्दा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावना रहेको पनि उल्लेख गरे । 

‘देशभरिको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर जाँदैछौं । अब माओवादी नै रहेछ देश बचाउने पनि, संविधान बचाउने पनि, लोकतन्त्र बचाउने पनि, शान्ति प्रक्रिया पूरा गर्ने पनि र यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायलाई अधिकार दिलाउने, बीचमा हामीले गल्ती गरेछौँ भन्ने रिअलाइजेसन भएको छ,’ उनले भने । 

उनले अगाडि भने, ‘०६४ मा ठूला भनेका दलले माओवादीको पाँच सिट आउँछ होला भनेका थिए तर जनताले हामीलाई प्रत्यक्षतर्फ झन्डै बहुमत दिए । ०७४ को परिणाम हाम्रा अगाडि छ ।’ 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ९:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया