महोत्तरीमा पोखरीमा डुबेर दुई युवकको मृत्यु
सांकेतिक तस्बिर

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । 

सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरेका थिए । उपचारका लागि लैजाने क्रममा ठाकुरको मृत्यु भएको जनाइएको छ ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

होली खेलेर शनिबार साँझ  गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए । तर उनलाई बचाउने प्रयास सफल नभएकाे हाे । 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार ११:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया