सुटिङका क्रममा प्रभास घाइते

दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन् । घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन् । प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए ।

हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए । यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन । फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ ।

प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ । तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन् । 

फिल्मको बजेट १ सय ५० करोड छ । 
 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १३:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया