तत्काल तदर्थ समिति गठन माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन (तस्बिर)

तत्काल तदर्थ समिति गठन गर्न माग गर्दै नेविसंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ अध्यक्ष शान शिवाकोटीलगायतले आज सानेपामा प्रदर्शन गरेका हुन् ।

नेविसंघका नेताकार्यकर्ताले ३२ बर्से उमेर हद कार्यान्वयन गर्न नहुने माग गरेका छन् । नेविसंघले १२ औं महाधिवेशनदेखि ३२ बर्से उमेर हद लागू गर्ने विधान बनाएको थियो । तदर्थ समिति गठन गर्दा नै उमेर हद लगाउन लागेको भन्दै नेविसंघका नेताहरूले विरोध गरेका हुन् ।

नेविसंघ अध्यक्ष राजीब ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि नेविसंघ नेतृत्वविहीन छ । नेविसंघमा तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने तयारी कांग्रेसको छ । 

तस्बिरमा नेविसंघको प्रदर्शन :





 

  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १३:३१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया