कांग्रेस बागमती प्रदेश समितिमा १६ सदस्य मनोनित

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना सदस्य मनोनित भएका छन् ।

कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले विधानको धारा १३ (६) झ बमोजिम उनीहरूलाई मनोनित गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाडौं, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाडौं छन् । 
 


 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १४:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया