स्थानीय निर्वाचनमा जनमत पार्टीले एक्लै चुनाव लड्ने

आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले एक्लै चुनाव लड्ने भएको छ ।

नेकपा एमालेसँग जनमत पार्टीले चुनावी तालमेल गर्ने चर्चा चलिरहेको समयमा जनमतको यस्तो निर्णय आएको हो ।

आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने जनमत पार्टीले निर्णय गरेको पार्टीका नेता विपी साहले जानकारी दिए ।

उनले जुम प्रविधिबाट सम्पन्न जनमतको केन्द्रीय समितिको बैठकले केन्द्रीय स्तरमै कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको बताए । 

निर्वाचनमा स्थानीयस्तरमा भने चुनावी तालमेल वा गठबन्धन हुन सक्ने नेता साहले जानकारी दिए ।
 





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १५:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया