केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नायिका प्रियंका कार्कीलाई सोधपुछका लागि बोलाएको छ ।
नेपालमा गैरकानुनी मानिएको डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा ब्युरोले नायिका कार्कीलाई बोलाएको हो ।
सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो ।
सिआइबीले कार्कीलाई क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा देखिएपछि बोलाएको जनाएको छ ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानुनी ठहर गर्दै अर्थ मन्त्रालयले निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै वेबसाइट र मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।