स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल देशभर चुनाव लड्ने

राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ । 

कमल थापा नेतृत्वको सो पार्टीले स्थानीय निर्वाचन प्रयोजनका लागि आइतबार निर्वाचन आयोगमा ७७ जिल्ला कार्य समितिहरूको विवरण पेस गरेको छ ।

उक्त विवरण पेस गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सहमहामन्त्री तेजकुमार कुरुङवाङ निर्वाचन आयोग पुगेका थिए । 

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा पुरानो पार्टीमा फर्केका थिए । उनको अध्यक्षतामा राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनःजागृत भएको थियो ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २१:१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया