प्रियंकाको मोबाइल प्रहरीमै, श्रीमानको जिम्मामा छोडियो
फरकधार / ६ चैत, २०७८

क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै नायिका प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज सोधपुछ गरेको छ ।



क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालबाट प्रचार गरेको भन्दै आइतबार व्युरोले नायिका कार्कीसँग सोधपुछ गरेको थियाे।

नायिका कार्कीलाई प्रहरीले आवश्यकता परेको बेला हाजिर हुने गरी श्रीमान् आयुष्मान देशराज जोशीको जिम्मामा छाडेको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए।



प्रमुख डीआईजी सिंहले क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्बिरसहितको विज्ञापन देखिएपछि सोधपुछका लागि कार्कीलाई ब्यूरोमा बोलाइएको जनाएका थिए। सो समयमा नायिका कार्कीले आफू स्वयं पीडित भएको बताइएकी थिइन् ।



  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार २३:५९:४६,   अन्तिम अपडेट : चैत ७, २०७८ साेमबार ०:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया