रियल मड्रिडमाथि बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगाअन्तर्गत आज बिहान सम्पन्न एल क्लासिकोमा रियल मड्रिडमाथि बार्सिलोना विजयी भएको छ । एल क्लासिकोमा भएको खेलमा बार्सिलोना घरेलु टोली रियल मड्रिडमाथि ४–० गोल अन्तरले विजयी भएको हो । 

सान्टियागो बर्नाबेउमा बार्सिलोनालाई जित दिलाउन पिएरे इमरिक औवामियाङले २ तथा रोनाल्ड अराउजो र फेरान टोरेसले १–१ गोल गरे । खेलको २९ औं मिनेटमा बार्सिलोनाले अग्रता लियो । ओस्मान डेम्बेलेको क्रसमा औवामियाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अघि बढाएका थिए ।

३८ औं मिनेटमा डेम्बेलेकै क्रसमा ओराउजोले हेडमार्फत गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ४७ औं मिनेटमा टोरेसले गोल गरेपछि  बार्सिलोना ३-० ले अघि बढ्यो । उनले औवामियाङको पासलाई पोस्टको दिशा दिएका हुन् । 

५१ औं मिनेटमा औवामियाङले व्यत्तिगत दोस्रो  गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए । उनले टोरेसको पासलाई सदुपयोग गरेका थिए ।

हारका बाबजुत पनि रियल २९ खेलमा ६६ अंकका साथ शीर्ष  स्थानमा कायम रहँदा जित निकालेको बार्सिलोना २८ खेलमा ५४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । 






  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ७:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया