एक्सन अवतारमा देखिँदै सामन्था

अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन् । यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन् । यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन् ।

समाचारअनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन् । यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन् । फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मको निर्देशक हरि-हरीश जोडीले गर्दैछन् । उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन् ।

साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महँगो रहने बताइएको छ । फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ । फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ ।

सामन्था गत वर्ष डिसेम्बरमा रिलिज अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को आइटम गीत ‘ऊ अँटावा’का कारण चर्चामा थिइन् । यो गीतपछि उनलाई धेरै बलिउड फिल्मबाट अभिनयको अफर आएको थियो ।

सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन् । त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन् ।





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १०:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया