‘बेइजिङले रुसलाई हतियार पठाउँदैन’

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको रुसी हमलामा मस्कोलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने उनले बताए ।

बेइजिङले सहयोग गरे उसले नराम्रो परिणाम सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिइरहेका बेला चिनियाँ दूत क्विन गाङको भनाइ आएको हो ।

गत साता बेइजिङले मस्कोलाई हतियार उपलब्ध गराउन तयार रहेकाे भन्ने विवरण सार्वजनिक भएका थिए । तर, ती विवरणहरूलाई ‘गलत  सूचना’ भन्दै चीनले त्यसलाई अस्वीकार गरेको छ । तर, चीन रुसी हमलाप्रति भने नरम बनेकाे ऊमाथि अ‌ारोप लाग्ने गरेकाे छ ।

अमेरिकी प्रसारक सीबीएससँग कुरा गर्दै, गाङ गुनासो गरे कि पश्चिमबाट सार्वजनिक निन्दाले ‘सहयोग गर्दैन’ र ‘राम्रो कूटनीति’ आवश्यक छ ।
 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ११:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया