बक्स अफिसमा तहल्का मच्चाउँदै ‘द कश्मिर फाइल्स’

गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मिर फाइल्स’ अहिले निकै चर्चामा छ । 

भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मिरी पण्डित’को मुद्दा ब्युँतिएको छ। चलचित्रले उठाएको विषयकाे प्रभाव व्यापारमा पनि देखिएको छ । 

प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ करोड ४५ लाख भारुको व्यापार गरिसकेको छ । पहिलो दिन ६ सय मात्र स्क्रिन पाएको फिल्मले अहिले चार हजार स्क्रिन पाएको छ । 

फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले नयाँ रेकर्ड बनाउने विश्वास ट्रेड विश्लेषकहरूले गरेका छन् । 

कश्मिरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीरी पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर भइरहेको चर्चा अहिले भारतमा मात्र सीमित छैन । यो विश्वव्यापी रूपमा छलफल हुने विषय बनेको छ।  

सन् १९९० को दशकमा कश्मिरबाट अल्पसंख्यक कश्मिरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो ।



पछिल्लो समय ओटिटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कमजोर भइरहेको समयमा समीक्षा र वर्ड अफ माउथकै कारण ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको हो । 

फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मूर्तरूप दिएको हो । 



फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठूला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् । 

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । 

  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १२:४५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया