कार दुर्घटनामा परी अभिनेत्री डाेली डिक्रुजकाे निधन
फरकधार / ७ चैत, २०७८

तेलुगुकी लोकप्रिय अभिनेत्री तथा युट्युबर डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् ।



गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको हाे । गायत्रीको घटनास्थलमै मृत्यु भएको हाे।

समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गएकाे हाे । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ । 



अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ ।
 



  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १५:३०:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया