कृष्ण महराका स्वकीय सचिवले गरे माओवादी केन्द्र परित्यागको घोषणा

नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् । 

माओवादी केन्द्र घोराही उपमहानगर कमिटी अध्यक्षसमेत रहेका शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी त्यागेको घोषणा गरेका हुन् ।  

उनले सोमबार गरिएको दाङको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । 

‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निःस्वार्थ र सकेजति भूमिकामा आफूलाई उभ्याउने छु,’ शर्माले फेसबुकमा लेखेका छन् । 

उनी महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।  





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार ८:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया