वीर अस्पतालमा जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘अब खर्चको दु:ख हुँदैन’

वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको दुख हुन अभाव दिइन्नँ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

काभ्रेको महाभारत गाउँपालिका–६ का निवासी पूर्वजनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर)  रानालाई भेटेर प्रचण्डले उपचारको लागि अब खर्चको दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तका बेला रानाको टाउकोमा गोलीको छर्रा लागेको थियो । त्यसपछि घाइते भएका उनी शान्ति प्रक्रियापछि वाइसिएलको जिम्मेवारी रहेर काम गर्दै आएका थिए । 

टाउकोमा लागेको चोट फेरि बल्झिएपछी रानाको खुट्टामा इन्फेक्सन देखिएको थियो । टाउकोमा नसा ब्लक भएपछि रानाको दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको उनको उपचारमा संलग्न चिकित्सकहरूले प्रचण्डलाई बिफ्रिङ गरे । 



रानाको श्रीमती वर्षा राना र उपचारमा संलग्न चिकित्सकमार्फत उनको उपचार र आर्थिक अवस्थाबारे जानकारी लिएपछि अध्यक्ष प्रचण्डले उपचारका लागि अब खर्चको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । 

‘उपचार खर्च, परिवारका लागि पार्टीले सहयोग गर्छ, सरकारसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘खर्चको दु:ख हुन अब दिन्न, दिइन्न ।’



प्रचण्डले रानाको उपचारका लागि विदेशबाट पनि सहयोग जुटाउने काम भइरहेको पनि बताए । उनले रानाको श्रीमती वर्षाको रोजगारी र उनका ७ वर्षीय छोराको शिक्षादीक्षाका लागि पनि उचित पहल गर्ने प्रतिबद्धता पनि जनाए । 


  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १०:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया