बागमती प्रदेशसभा बैठक बस्दै, तीन विधेयकमाथि छलफल हुने

बागमती प्रदेशसभाको नवौं अधिवेशनको १२ औं बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार आजको बैठकमा गत २९ र ३० फागुनमा पेस भएका तीन विधेयकमाथि छलफल हुनेछ ।  
 
आजको बैठकमा प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले जानकारी दिए । उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।
 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार ११:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया