मन्त्रालय हेरफेर हुने सम्भावना छ, नयाँले मौका पाउन सक्छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन् । आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘मन्त्रिपरिषद् हेरफेरको कुरा त चलिरहेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको चाहिँ छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना चाहिँ छ । केही नयाँ आउने सम्भावना पनि छ,’ प्रचण्डले भने ।  

उनले हैसियतअनुसार माओवादी केन्द्रलाई मन्त्रालय दिन पनि प्रधानमन्त्री देउवा सहमत भएको पनि बताए । ‘यदि मन्त्रीमण्डलमा हेरफेर हुने स्थिति आयो भने हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई हामीले भनेका छौं, प्रधानमन्त्री सहमत पनि हुनुहुन्छ,’ प्रचण्डले भने । 

साथै, उनले गठबन्धनभित्र नेतृत्व तहमा कुनै तिक्तता नभएको पनि स्पष्ट पारे । 





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १२:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया