बागमती प्रदेशसभा सचिवालयको मंगलबार बसेको प्रदेशसभा बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले पेस गरेको ३ वटा विधेयक विषयगत समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
खनालले पेस गरेको प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
मंगलबार बसेको बैठक थोरै समय मात्रै बसेर स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मंगलबार बसेको प्रदेशसभाको बैठक अब अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।