नदीले विद्यालय बगाएपछि त्रिपालमुनि पठनपाठन

बेनी– म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा रहेको रितुङ माध्यमिक विद्यालयका विद्यार्थीहरु त्रिपालमुन बसेर पढ्न बाध्य छन् । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस विद्यालयमा त्रिपाल टाँगेर बनाइएका टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको हो ।

खोलाले विद्यालय भवन बगाउँदा सातवटा कक्षा कोठा पूर्ण क्षति भएको छ । कक्षा कोठाको अभाव भएकाले अहिले बालकक्षादेखि ६ कक्षासम्मलाई खुलाचौरमा बनाइएको अस्थायी टहरामा राखेर पठनपाठन गराइँदै आइएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले बताए । 
 
त्रिपालले छाएको टहराको दायाँबायाँ खुला छ । हिमालको नजिक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थी जाडोले कठ्याङ्ग्रिने समस्या रहेको विद्यालयका शिक्षक बताउँछन् । 

कुइनेमंगलेमा बाढीले बगाएको रितुङ माविको पुनःनिर्माणका लागि प्रवासीहरुले सघाउन थालेका छन् । अध्ययन, रोजगार र व्यापार व्यवसायको सिलसिलामा विभिन्न देशमा पुगेका कुइनेमंगलेवासीको पहलमा विद्यालयको पुनःनिर्माणका लागि अर्थ संकलन गर्न थालिएको हो । 

गत भदौ २७ गते रघुगंगा नदीमा आएको भीषण बाढी र कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि अहिलेसम्म करिब १८ लाख रुपैयाँ सहयोग जुटेको छ ।





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया