मायालुले धोका दिइबक्सियो : राज कटुवाल
फाइल तस्वीर

अभिनेता राज कटुवाल र अभिनेत्री वर्षा सिवाकोटीको मायाप्रेम कुनै समय छताछुल्ल भएको थियो । एउटै म्युजिक भिडियोमा यो जोडीको प्रशंसा पनि निकै गरिएको थियो । 

रिल लाइफमा मात्र होइन, रियल लाइफमा पनि यी दुईको मायाप्रेमको चर्चा नेपाली फिल्मी क्षेत्र र यसलाई नजिकबाट नियाल्नेहरुका लागि सधैं चर्चाको विषय बनेको थियो । 

तर, अब यी दुईलाई एउटै शब्दमा समेट्ने हो भने, त्यो शब्द हुनेछ– पूर्वप्रेमीप्रेमिका ।

हो, राज कटुवाल र वर्षा सिवाकोटीको अफेयर अब विच्छेद भएको छ ।

‘मायालुले धोका दिइबक्सियो,’ राजले रमाइलो मान्दै फरकधारलाई बताए, ‘अब धोका दिए पछि सँगै कसरी हुन सकिन्छ र ? हामी छुट्टियौँ । केही पहिले पनि यो हल्ला चलेको थियो, त्यति बेला चाहिँ हामी सँगै थियौँ ।’

वर्षासँग सम्बन्ध टुटेपछि यता राज काठमाडौंमा भौतारिइरहेका छन्, उता वर्षा अमेरिका पुगेर बिकिनी तस्वीर सामाजिक सन्जालमा सेयर गरिरहेकी छिन् । 



त्यसो त निकै धेरै कमेन्ट आएपछि उनले त्यो बिकिनी तस्वीर अहिले हटाइसकेकी छिन् ।

अब यता राज के गर्लान् त ?



‘प्रेम टुटेको मान्छे भावुक त हुन्छ नै,’ राज भन्छन्, ‘आखिर जिन्दगी नै यही त हो ।’ राज पछिल्लो समय नयाँ फिल्महरुमा अभिनयका लागि आफ्नो फिटनेसमा केन्द्रित भएका छन् ।


  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २०:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया