पल शाहको बयानः पीडित नाबालिग भन्ने थाहा थियो

नाबालिग किशोरीमाथि जबरजस्ती र बारम्बार करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिग भएको आफूलाई थाहा भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसन्धानको क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेर भएको आफूलाई पहिले नै थाहा भएको बताएका हुन् ।

शाहले यसअघि सार्वजनिक भएको एक अडियोमा भएको स्वर पनि आफ्नो नै भएको पनि बताएका छन् । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा यो विषयमा उल्लेख गरिएको छ । तर, शाहले आफूले जबरजस्ती करणी गरेको अभियोग अस्वीकार गरेका छन् ।

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा मंगलबार जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । उनलाई १२ देखि १४ वर्ष सजाय पनि माग गरिएको छ । यसअघि पनि १४ देखि १६ वर्ष जेल सजाय र क्षतिपूर्ति माग गर्दै शाहविरुद्ध नवलपरासीमा पनि मुद्दा दायर भइसकेको छ ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार २१:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया