गच्छदार भन्छन् - सरकारमा सहभागी दलबीच चुनावी गठबन्धन गर्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् ।    

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पारे । 

पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।

उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राखे । पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गरे ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १४:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया