बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीबारे विभिन्न विषयमा समाचार बाहिर आइरहेका हुन्छन् । यी दुईको जोडीलाई अहिले भारतमा सबैभन्दा बढी सेलिब्रेटेड जोडीमध्ये एकको रुपमा लिइन्छ ।
पछिल्लो समय यी दुई जब कुनै पनि कार्यक्रममा सँगै पुग्छन्, त्यसको चर्चा निकै हुन्छ पनि । विराट र अनुष्काले चाहिँ अहिलेसम्म सार्वजनिक रुपमा आफूहरु दुई जनाबारे खासै बताएका छैनन् ।
यहीबीच विराट कोहली र अनुष्का शर्माबारे एउटा नयाँ जानकारी अहिले भारतीय मिडियामा प्राथमिकताका साथ छाइरहेको छ । पछिल्लो समय एक अन्तर्वार्तामा अनुष्का शर्माले आफूले विराटका कपडा चोरेर लगाउने गरेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म वार्डरोबबाट उनका कपडा चोरिरहेको हुन्छु ।’
भारतीय पत्रिका भोगमा अन्तर्वार्ता दिँदै अनुष्काले भनेकी छिन्, ‘विशेषगरि म उनका टिसर्ट र ज्याकेटहरु चोरिरहेको हुन्छु र त्यसलाई लगाउँछु । मैले यसो गरेको कुरा विराटलाई खुब मन पर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।