आइसिसी वरीयतामा सन्दीपको ५ स्थान सुधार

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको एकदिवसीय वरीयतामा सुधार भएको छ । 

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने बलिङतर्फ ५ स्थान सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका हुन् । यसअघि उनी ६६ औं स्थानमा थिए । 

४४३ रेटिङ प्वाइट प्राप्त गरेका सन्दीप एकदिवसीय वरीयताको शीर्ष १०० मा पर्ने एक्ला नेपाली खेलाडी हुन् ।

वरीयताको शीर्ष स्थानमा ७३७ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका ट्रेन्ट बोल्ट छन् । 

अस्ट्रेलियाका जोस हेजउड, इंग्ल्याण्डका क्रिस वोक्स, न्युजिल्याण्डका म्याट ह्यारी, अफगातनिस्तानका मुजिब उर रहमान, भारतक जसप्रित बुमराह, बंगलादेशका मेहदी हसन, दक्षिण अफ्रिकाका कागिसो रावडा, अस्ट्रेलियाका मिचेल स्टार्क र अफगानिस्तानका राशिद खान क्रमशः दोस्रो देखि १० औं स्थानमा छन् । 
 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १६:२५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया