राष्ट्रसंघको सुरक्षा परिषदमा चीनले दियो रुसलाई भोट

रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव अस्वीकृत भएको छ । बुधबार सुरक्षा परिषदमा रुसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो । 

युक्रेनमाथि भइरहेको रुसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरेका हुन् । यद्यपि, रुसको प्रस्तावको पक्षमा चीनले भने भोट हालेको थियो ।

समाचार संस्था एपीका अनुसार भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरे । १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत दिनुपर्छ ।  





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ८:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया