प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन् ।

बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । 

देउवा स्याङ्जाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए ।

उनले भने, ‘तनहुँ आएपछि सुरुमा प्रधानमन्त्रीज्यूले तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम छ ।’

ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । 
 
प्रधानमन्त्री देउवाले आठौं तनहुँ महोत्सवको उद्घाटन गर्ने गैरेले जानकारी दिए ।

आज नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् । 



प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालेले भने बहिष्कार गर्ने भएको छ । 

सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए । 



गाउँपालिकाको केन्द्र परिवर्तनको अनुमति समेत नलिएर भवन बनाइएको उनले उल्लेख गरे ।

२०७६ असोज दोस्रो साता भवन शिलान्यासको बखतमा तत्कालीन नेकपाले अवरोध गरेको थियो ।  

भवन शिलान्यास गर्न आएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालमाथि आक्रमण गरिएको थियो । विवाद र अवरोधकै बीच शिलान्यास गरिएको भवन प्रधानमन्त्री देउवाले उद्घाटन गर्दैछन् ।

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ९:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया