नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवलीले लेखेको पुस्तक ‘दिशाबोध’ विमोचन गरिएको छ । पुस्तक काठमाडौंमा जारी एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विमोचन गरेका हुन् ।
ज्ञवालीको यो पुस्तक राष्ट्रिय युवा संघ नेपालले प्रकाशन गरेको हो । पुस्तक विमोचन गर्दै अध्यक्ष ओलीले नेता ज्ञवालीले पुस्तकका माध्यमबाट एमालेको राजनीतिक दर्शन र गन्तव्यलाई साहित्यजस्तै सरल ढंगबाट पस्किएको भन्दै बधाई र शुभकामना दिए ।
ओलीका अनुसार ‘दिशाबोध’मा ९ वटा विषयवस्तुमा आधारित रहेर नेकपा एमालेको गन्तव्य प्रष्टरूपमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।