पिर गीत विवादपछि प्रकाशले भने - म समाजबाट परिचालित छु

गायक तथा मोडल प्रकाश सपुतले आफू समाजबाट परिचालित भएर ‘पिर’ गीत सार्वजनिक गरेको बताएका छन् । 

पिर गीत सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले आफूहरूविरुद्ध शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएपछि उनले आफू समाजबाट परिचालित भएको जवाफ दिएका हुन् । 

बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफू समाजबाट परिचालित हुने गरेको र अन्य शक्तिले आफूलाई परिचालित गर्न नसक्ने बताएका हुन् । 

विवादपछि पिर गीतको भिडियोको केही दृश्य हटाएर पुनः युट्युबमा अपलोड गरिएको विषयमा गायक तथा मोडल सपुतले आफूले कसैसँग डराएर गीतको भिडियो डिलिट नगरेको जवाफ दिए । 

सुरुमा अपलोड गरिएको भिडियोलाई प्राइभेट गर्दै माओवादी युद्धमा होमिएको पात्र देहव्यापारमा संलग्न भएको दृश्य हटाएर पुन भिडियो अपलोड गरेका गायक सपुतले युद्धमा होमिएको पीडित समूहले चित्त दुखाएपछि आफू सोच्न वाध्य भएको जवाफ दिए । 

भिडियो सम्पादन गरेर पुनः अपलोड गरे पनि आफूले गीतमार्फत दिन खोजेको सन्देश यथावत रहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १६:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया