बिग ब्यासमा सन्दीप लामिछानेको सानदार डेब्यु

काठमाडौं– नेपाली क्रिकेर सन्दीप लामिछानेले बिग ब्यासको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

मेलबर्न स्टार्सबाट लिगमा पहिलो खेल खेलेका सन्दीपले सिड्नी थन्डर्सका दुई विकेट लिए । खेलको आठौं ओभरमा बलिङ गरेका सन्दीपले दोस्रो बलमा सेन वाट्सनको विकेट लिएका हुन् ।

पहिलो ओभरकै अन्तिम बलमा उनले क्यालम फर्गुसनको विकेट लिए । दुई विकेट लिँदा सन्दीपले तीन रन खर्चेका थिए ।

त्यसपछि दशौं ओभरमा बलिङ गरेका सन्दीपले एउटा चौकासहित ६ रन खर्चिए । खेलको १२ औं ओभरमा सन्दीपका लागि अझ बढी खर्चिलो भयो । उनको बलिङमा सिड्नीका जोनसोनले छक्का प्रहार गरे । यो ओभरमा सन्दीपले १३ रन दिए । 

खेलमा सन्दीपका लागि अन्तिम ओभर पनि खर्चिलो भयो । जोनसनले नै सन्दीपका दुई बललाई छक्का प्रहार गरे । 

अब सन्दीपको टिम मेलबर्न स्टार्सले २४ डिसेम्बरमा अर्को खेल खेल्नेछ ।





  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार १५:१२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया