बाबुराम भट्टराई भन्छन् - माओवाद ब्राण्ड समातेर देश विकास हुन सक्दैन
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले समय धेरै फेरिसकेको भन्दै अब मोओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । उनले माओवादीका नेताहरूलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिए ।

उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नका लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तथ्यांकको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरूलाई सुझाव दिए । उनले नेपालको अर्थतन्त्र कसरी यस्तो भयो, कसरी समाधान गर्ने भन्ने कुरा सोच्न आवश्यक रहेको पनि बताए । उनले समाजवाद अर्थतन्त्र नभई समाजवादमा पुग्ने लक्ष्यको अर्थतन्त्रलाई सोचेर अघि बढ्न आवश्यक रहेको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रुपान्तरण गर्नका लागि औधोगिक रुपान्तरण गर्न आवश्यक रहेको बताए । उनले अहिलेको विश्व परिस्थिति, छिमेक र अहिलेको नेपालको अवस्थालाई ध्यान दिएर नीति बनाउनु पर्नेमा जोड दिए ।



पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक क्षेत्रमा भएको विगतको पदावली र शब्दावलीको घेरामा नपर्न पनि आग्रह गरे । उनले अबको विश्व भूमण्डलीकृत पूँजीवादको विश्व भएको र नेपाल किनारा पूँजीवादको वरपर रहेको बताए । उनले आर्थिक क्षेत्रलाई सुदृढीकरण गर्न पहिलो जोड वृद्धि र ध्यान वितरण, दिगोपन र खुशीपनमा ध्यान दिएमात्र देशको रुपान्तरण हुने बताए ।



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १९:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया