ओली सरकारको पालामा प्रधानमन्त्री रोजगारको अर्बौं रुपैयाँ दुरुपयोग भएको आरोप
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अर्बौं रुपैयाँ दुरुपयोग भएको दाबी गरेका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा बालुवामा पानी हालेझैँ दुरुपयोग भएको आरोपसमेत लगाएका हुन् ।

शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता महतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसालाई आफ्नो किसिमबाट सरकारले तोडमोड गरेर कार्यकर्ताहरूलाई खुसी पार्ने काम मात्र गरेको बताए ।

‘प्रधानमन्त्री रोजगार आयोजनाअन्तर्गत अर्बौं रुपैयाँ दुरुपयोग भएको छ । त्यसको कुनै लेखाजोखा छैन । त्यसलाई आफ्नो किसिमबाट हामीले तोडमोड गरेर हामीले आफ्नो कार्यकर्तालाई खुसी पार्ने काम भएको छ । जस्तो तीन वर्ष ओलीजीको नेतृत्वमा सरकार रह्यो, त्यो सम्पूर्ण कहाँ खर्च भयोभन्दा प्रोडक्टिभ्ली रोजगार दिने भनेपछि प्रोडक्टिभ इन्गेज हुनुपर्छ नि, त्यो नभएर त्यो बालुवामा पानी हालेको जसरी खर्च भइरहेको छ' उनले भने ।

नेता महतले अहिले नेपालको ऋणको प्रतिशत बढिरहेको यो गम्भीर विषय भएको बताए । उनले नेपालले पनि जथाभावी ऋण लिने हो भने अहिलेको श्रीलंकाको अवस्था हुने बताए । नेता महतले विकास र समृद्धिको लागि सरकारले सहुलियत ऋण लिन आवश्यक रहेको बताए । उनले व्यापार घाटालाई घटाउन पेट्रोलियम प्रोडक्टहरुलाई रोक्न जरुरी रहेको बताए ।



नेता महतले व्यापार घाटालाई घटाउन डिजेल र पेट्रोलमा आधारित यातायातलाई निश्चित समयसीमाभित्र विद्युतीय माध्यममा स्थापित गर्नुपर्ने बताए । उनले देशको आर्थिक विकास गर्न र देश विकास गर्न ऋण इकोनोमीमा जानुपर्ने पनि बताए ।



  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १९:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया