जहाँ चालकविहीन कारले गर्छ घरेलु सामानको डेलिभरी

एजेन्सी– जनरल मोटर्स तथा अन्य ठूला कम्पनीले चालकविहीन कारको परीक्षण गरिरहेको समयमा नुरो नामको स्टार्टअपले सामानको डेलिभरीका लागि चालकविहीन कार बनाएको छ । 

एरिजोनाको स्कट्सडेल सहरमा दुईवटा कारको परीक्षण चलिरहँदा कारमा एक स्थानीय स्टोरका सामान डेलिभरीका लागि राखिएको थियो । डेव फर्गुसन र जियाजुन झू यसका प्रमोटर हुन् । उनीहरू दुवैजना यसअघि गुगलको सेल्फ ड्राइभिङ प्रोजक्टमा काम गर्दथे । 

अमेरिकाका दुई कम्पनी मिलेर उक्त चालकविीन कार बनाएका हुन् । केही समयअघि अमेरिकाको सबैभन्दा ठूलो सुपरमार्केट रिटेलर क्रोजर र चालकविहीन कार बनाउने कम्पनी नुरोबीच साझेदारी भएको थियो । उक्त साझेदारीसँगै नुरोको रोबोटबाट सामान डेलिभरी गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको दाबी छ, ‘अरिजोनाको स्कट्सडेल संसारकै पहिलो सहर हुनेछ जहाँ चालकविहीन कारमार्फत सामानको डेलिभरी गरिनेछ ।’ सोही अवसरमा क्रोजर कम्पनीका चिफ डिजिटल अफिसर येल काइसेटले ग्राहकलाई अझ बढी सुविधा दिन चाहेको बताए ।
 





  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार १५:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया