नेकपा एसको केन्द्रीय विभाग र प्रदेश कमिटीले पायो पूर्णता
फाइल तस्वीर

सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो । 

केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ । 

त्यस्तै उपमहासचिव विजय पौडेलले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । रामचन्द्र झाले कानुन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । 

अर्थ विभागको प्रमुख सोमप्रसाद पाण्डे चयन भएका छन् भने स्कुल विभागको प्रमुख प्रमेश हमाल भएका छन् । 

संसदीय विभाग प्रमुख जीवनराम श्रेष्ठले पाएका छन् । त्यस्तै प्रदेश कमिटीले पनि पूर्णता पाएको नेकपा एसले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार २०:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया