प्रचण्ड आज गाेरखा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गारेखा जाँदै छन् । 

प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्नेछन् । त्यसका लागि बिहान ११ बजे उनी गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ ।

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दाैडधूपमा छन् । बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

अघिल्लाे पटक भरतपुर महानगरपालिकाकाे निर्वाचनमा माओवादीबाट धाेका पाएकाे भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार ८:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया