नेपाल-चीन परराष्ट्रमन्त्री स्तरीय बैठक आज दिउँसो तीन बजे बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नेछन् ।
बैठकमा नेपाल-चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा छलफल हुने जनाइएको छ ।
बैठक सकिएपछि दुई देशबीच केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
बैठक सकिएपछि चिनियाँ विदेशमन्त्रीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।