मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषणा (तस्वीरहरू)

मकवानपुरगढी गाउँपालिकालाई आज बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । आज शनिबार एक विशेष समारोहबीच बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले घोषणाको कार्यपत्र वाचन गरेर बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

मकवानपुरगढी गाउँपालिका जिल्लाको तेस्रो, देशको चौथो तथा ५१ वटा सूचक पूरा गरेर बालमैत्री पालिका घोषणा गर्नेमा दोस्रो गाउँपालिका हो । कार्यक्रममा गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंले बालमैत्री कार्यान्वयन गर्न सबै स्थानीय सक्रिय हुनु पर्ने बताए । 

सम्पूर्ण क्रियाकलापको अभियानमा सबै पक्षको सहकार्य र साथबाट सुशासनसहितको गढी गाउँपालिका निर्माणमा सहज भएकोमा खुसी व्यक्त गर्दै बालबालिकाको क्षेत्रमा गरिएको लगानीले समृद्धिको सुनौलो बिहानी सुनिश्चित गर्ने अपेक्षाका साथ बालमैत्री अभियानमा लागेको उनले बताए ।

आर्थिक वर्ष २०७६/७७ मा बालमैत्री स्थानीय तह घोषणाको तयारी गर्ने निर्णय गरेको मकवानपुरगढी गाउँपालिकाले २०७७ साल माघ १९ र २० गते बालमैत्री स्थानीय शासन नीति अवलम्बन गर्ने सामूहिक प्रतिबद्धता गरेको थियो । सोहीअनुरूप लामो समयको प्रयासपछि बालमैत्री गाउँपालिका घोषणा भएको हो । 

गाउँपालिकामा १८ वर्षमुनिका ४ हजार ६२४ बालक र ३ हजार ६७२ बालिका गरि ८ हजार २९६ जना बालबालिका रहेको गाउँपालिकाको तथ्यांकमा रहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रियाका कागजात व्यवस्थापनका लागि फाइन सूची तयारी कार्यशाला सम्पन्न भई ३३ प्रकारका फाइल खडा गरिएको थियो । 

बालमैत्री स्थानीय शासनयुक्त बालमैत्री गाउँपालिका घोषणाको कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षता तथा उक्त गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको सभाध्यक्षतामा भएको हो । 



यसअघि मकवानपुरको मनहरी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भइसकेको छ । शनिबार घोषणा भएको गढी गाउँपालिका जिल्लाको तेस्रो बालमैत्री गाउँपालिका घोषणा भएको स्थानीय तह हो ।



  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १९:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया